समाचार
विपद् खोज उद्धार सामाग्री हस्तान्तरण तथा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रको उद्घाटन कार्यक्रमको केही तष्विरहरु।।
मादी गाउँपालिका, आज मिति २०८० साउन १५ गतेका दिन गोर्खा वेल्फेयर ट्रष्ट पोखरा उत्तानशिल खानेपानी तथा बिपद् पूर्वतयारी कार्यक्रम द्धारा मादी गाउपालिकाको आपत्कालिन कार्यसन्चालनका लागि आवस्यक रु पाँच लाख बराबरका खोज तथा उद्धारका ७९ प्रकारका सामाग्री गोर्खा वेल्फेयर ट्रष्ट पोखराका बिपद् व्यवस्थापन अधिकृत सुमेरु त्रिपाठीले मादि गाँउपालिकाका अध्यक्ष देबिजँग गुरुड्लाई हस्तान्तरण गर्नुभएको छ । कार्यक्रममा पालिका बिपद् व्यवस्थापन समितिका सदस्य एबँ पालिकाका बिभिन्न शाखा प्रमुखहरु लगाएत सुरक्षा निकायका प्रमुखहरुको उपश्थिति रहेको कार्यक्रमको अध्यक्षता मादि गाउँपातिकाका अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रमा आफ्ना भनाई राख्दै हस्तान्तरण गरिएका सामाग्रीहरु विपद्को समाएमा प्रयोग गरिने र त्यस्को ब्यवस्थापनमा पालिका बिपद् ब्यवस्थापन समितिलेनै जिम्मेवारी लिएर आगामि दिनमा यसको व्ववस्थापन गर्ने कुरामा आँफु बिश्वस्थ रहेको कुरा ब्यक्त गर्नु भएको थियो। सोहि कार्यक्रममा पालिका अध्यक्षले आफ्नो भनाई राख्दै गोर्खा वेल्फेयर ट्रष्ट पोखराको सहयोगले मादी गाँउपालिकाको उत्थानशिलतामा बिशेष टेवा पुगेको र आगामि दिनमा पनि आर्थिक प्राबिधिक सहयोगको निरन्तरताको अपेक्षा गरेको कुरा ब्यक्त गर्नुभयो ।