कास्की जिल्लाको उत्तर पूर्वमा अबस्थित मादी गाउँपालिका साविकका नामार्जुङ, पार्चे, सिल्दजुरे, थुमाकोडांडा, भाचोेक, मिजुरेडाँडा, सैमराङ, कालिका ६–९ वडाहरु, माझठाना २ र ३, हंसपुर गाविसका ५ र ८ समेटी १२ वटा वडाहरु कायम हुने गरि नेपाल सरकारले मिति २०७३ फाल्गुण २७ गते नेपाल राजपत्रमा प्रकाशन गरी आधिकारिक रुपमा मादी गाउँपालिका घोषणा गरिएको हो । यो गाउँपालिका उत्तर तर्फको प्रसिद्ध अन्नपूर्ण हिमश्रृंखलाको काखमा अबस्थित छ । अन्नपूर्ण दोस्रो र चौथो हिमालको दक्षिणी ढालबाट उत्पत्ति भएको सप्तगण्डकी नदीको सहायक नदीको रुपमा रहेको मादी नदी यस गाउँपालिकाको समृद्धिको प्रमुख आधार रहेकाले यसै नदीको नामबाट मादी गाउँपालिका नाम रहन गएको हो । वि.सं. २०३२ अगाडि हाल मादी गाउँपालिकाका मादी नदी पूर्वका बरालडांडा गाँउबाहेक सबै भाग लमजुङ जिल्ला अन्तर्गत रहेका थिए ।
मादी गाउँपालिका नेपालकै मध्य विन्दु रहेको गाउँपालिका हो । अक्षांश र देशान्तर दुबै रेखाबाट काटिदा कायम भएकोे मध्यबिन्दु यसै गाउँपालिकाको कोरी क्षेत्रमा रहेको छ । त्यस्तै हिमालय श्रृङ्खलाकै सबैभन्दा कम उचाई (२४३५ मी.) मा निर्मित १०.०४ हेक्टर क्षेत्रफल ओगटेको र १८,८६,३०० मीटर क्यूविक पानी भएको क्हफुचे हिमताल (Kahphuche Glacial Lake) प्रकृतिको एउटा आफैमा अनौठो विशेषता बोकेको हिमताल हो (GeoNet & Geog. Dept, 2016) । त्यसैगरी यस गाउँपालिकाको अर्को विशिष्टता क्होलासाेंथर गुरुङहरुले अन्नपूर्णको दक्षिणी भागमा बसोबास शुरु गर्दा पहिला वस्ती बसालेकोे ऐतिहासिक आदिम बस्ती क्षेत्र हो । गुरुङको उल्लेख्य बसोबास रहेको यस गाउँपालिकामा उनीहरुको मौलिक संस्कृति र चालचलनको अनुभव गर्न सकिन्छ । साथै समुन्द्रसतहबाट ५२० मी. देखि ७९३७ मी. सम्मको उचाइमा ३६.५ कि.मी. को हवाई दुरीमा अबस्थित यस गाउँपालिकामा प्रायः सबै प्रकारका धरातलीय स्वरुप, हावापानी र जैविक विविधताहरु रहेका छन् । अन्नपूर्ण हिमश्रृङ्खला पार गरी मनाङ जिल्ला जाने नामुन भञ्याङ (Namun Pass) यसै गाउँपालिकाको उत्तरपूर्वी भागमा पर्दछ ।
मादी गाउँपालिकाको वडागत जनसंख्या विवरण |
वडा नं |
परिवार संख्या |
महिला |
पुरुष |
जम्मा |
१ |
६१४ |
१७१७ |
१८६१ |
३५७८ |
२ |
२८५ |
७७९ |
८२४ |
१६०३ |
३ |
३२० |
१०२६ |
१०५८ |
२०८४ |
४ |
३४२ |
१०६७ |
११८८ |
२२५५ |
५ |
४०५ |
१२५३ |
१२८६ |
२५३९ |
६ |
२३३ |
६७० |
६७० |
१३४० |
७ |
३६४ |
१०६७ |
१११८ |
२१८५ |
८ |
३७८ |
१०७३ |
११९८ |
२२७१ |
९ |
३४३ |
८९२ |
१०२९ |
१९२१ |
१० |
३६९ |
१०६८ |
११६७ |
२२३५ |
११ |
३३१ |
९९२ |
१०२३ |
२०१५ |
१२ |
३३० |
८४७ |
९०६ |
१७५३ |
|
४३१४ |
१२४५१ |
१३३२८ |
२५७७९ |