समाचार
आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा तेह्रौँ गाउँसभाको दोश्रो दिनको केही झलकहरु
तेह्रौँ गाउँसभाको दोश्रो दिन उपाध्यक्ष श्री कल्पना गुरुङले आर्थिक वर्ष २०८०/०८१ को वजेट प्रस्तुत गर्नुका साथै आर्थिक र विनियोजन विद्येयक २०८० सभामा पेश गर्नु भयो। मादी गाउँपालिकाको (जातिय छुवाछुत भेदभाव तथा वोक्सीको आरोप कसुर र सजाय) विद्येयक र सस्था दर्ता विद्येयक २०८०, वातावरण सरंक्षण तथा फोहोरमैला व्यस्थापन गर्न वनेको विद्येयक र निजी जग्गा व्यवस्थापन विद्येयक २०८०, साझेदारीमा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विद्येयक २०८०, सुशासन(सञ्चालन तथा व्यवस्थापन) निति २०८०, विद्यायन समिति कार्यसञ्चालन कार्यविधि २०८०, सार्वजनिक लेखा समिति कार्यसञ्चालन कार्यविधि २०८० र सुशासन समिति कार्यसञ्चालन कार्यविधि २०८० सभामा पेश गरियो।